विधिअनुरुप क्रियाशील सदस्यता वितरण नहुनु सभापतिको दोष : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधानअनुरुप हुन नसकेको बताएका छन् । प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शोभा भगवतीमा आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
क्रियाशील विवादलाई पार्टी सभापतिले जति सक्दो चाँडो प्रक्रियाअनुसार टुंग्याउनु पर्ने नेता सिंहको भनाई थियो । ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ, फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ,’ उनले भने ‘विधि प्रक्रियाअनुसार महाधिवेशन गर्नु पर्ने हुँदा पारदर्शी तरिकाले पार्टीलाई अगाडि बढाउनु पर्दछ ।’
यस्तै, उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नु पर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिसमेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया