विधिअनुरुप क्रियाशील सदस्यता वितरण नहुनु सभापतिको दोष : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधानअनुरुप हुन नसकेको बताएका छन् । प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शोभा भगवतीमा आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
क्रियाशील विवादलाई पार्टी सभापतिले जति सक्दो चाँडो प्रक्रियाअनुसार टुंग्याउनु पर्ने नेता सिंहको भनाई थियो । ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ, फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ,’ उनले भने ‘विधि प्रक्रियाअनुसार महाधिवेशन गर्नु पर्ने हुँदा पारदर्शी तरिकाले पार्टीलाई अगाडि बढाउनु पर्दछ ।’
यस्तै, उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नु पर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिसमेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया