जनगायक टुहुरेको निधनप्रति प्रधानमन्त्रीबाट शोक व्यक्त
मेरोन्यूज
२०७८ भदौ १० गते १४:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताएका छन् । उनले टुहुरेको निधनप्रति शोक प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार टुहुरेको उपचारका क्रममा आज निधन भएको छ ।
स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय टुहुरे संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष हुन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया