जनगायक टुहुरेको निधनप्रति प्रधानमन्त्रीबाट शोक व्यक्त
मेरोन्यूज
२०७८ भदौ १० गते १४:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताएका छन् । उनले टुहुरेको निधनप्रति शोक प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार टुहुरेको उपचारका क्रममा आज निधन भएको छ ।
स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय टुहुरे संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष हुन् ।
सम्बन्धित










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया