दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधिको अभाव हुन दिदैन : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधिको अभाव हुन नदिने बताएका छन् । बिहीवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको बताएका हुन् ।
गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको उनले जानकारी दिए । उनले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकोले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने बताए ।
गृहमन्त्री खाँडले भने “दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्नको अभाव भनेर जनप्रतिनिधिहरुले भन्नुभएको छ, त्यसको लागि खाद्यान्न र आवश्यक औषधिको व्यवस्था सरकारले गरिसकेको छ, नेपालबाटै हिँडेर त्यहाँ पुग्नु पर्ने समस्याले केही ढिला भइसकेको छ तर सरकारले आवश्यक सामग्रीको प्रवन्ध र पूर्वतयारी गरिसकेको छ, त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनकै क्रममा छ, र यो लामो समय भइसक्यो, यो घटनाको छानबिन गर्न सकिन्छ र दोषिलाई कानूनि दायरामा ल्याएर कारबाही गर्न सकिन्छ भन्ने विश्वास छ ।”
बैठकमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको थप जानकारी दिए । उनले ३६ वटा कालोबजारीका घटनामा २० वटा मुद्दा दर्ता भएको समेत जानकारी गराए उनले नेपाल पुलिसले कालोबजारीका घटनालाई गम्भीरताका साथ लिएको समेत बताए । महानिरिक्षक क्षेत्रीले नेपाल पुलिलसले अहिले ३ वर्षको अवधिमा विभिन्न अपराधका घटनाहरुको संकलित कागजात, बयान, सबुतलाई केन्द्रीय स्तरमा लगेर रिभ्यू गरिरहेको पनि जानकारी दिए ।
बैठकमा उपस्थित सांसदहरु डा. डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल लगायतका सांसदहरु जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारी लगायतका समसामयिक विषयमा आफ्नो धारणा राखे ।
















दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया