अफगानिस्तानबाट आज ११ जनाको उद्धार

काठमाडौं । अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पु¥याइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पु¥याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ ।
अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पु¥याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको तथा काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म नखुलेको पनि मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया