शुक्रबार, पुष ४, २०८२

आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

ज्यो. दिवाकर पन्त २०७८ भदौ ११ गते ६:२५

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ११ गते बिहीबार, भाद्र कृष्णपक्षको पञ्चमी तिथि । आज विरुडा पञ्चमी । अब लागौं आजको राशिफलतर्फ ।

मेष
भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । बाणिको प्रभाव बढ्ने हुनाले अरुको मन जित्न सकिने छ । मेहनत र पराक्रम गर्ने स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने हुँदा त्यसले मनमा दबाब ल्याउने छ ।

वृष
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । आत्माबलले भरिएको र स्वाभिमानी ब्यक्तित्व हुने तथा कसैसँग नझुक्ने खालको व्यक्तित्व हुने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने वादविवाद पैदा हुने छ । रिसको मात्रामा बृद्धि हुने भएकाले विचार पुर्याउनु होला ।

मिथुन
मनोबल उच्च हुने भएकाले कसैले हेप्न भने छैनन् । मनमा सकारात्मक भन्दा नकारात्मक विचार एकपछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । यसले गर्दा हरदम मनमा उदासिनताको मात्रा देखिने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ ।

कर्कट
दाम्पत्य जीवनमा कटुताका क्रम देखिन जाने छ । पेशागत जीवन तथा ब्यवसायमा गतिरोधहरु देखिने र अन्योल उत्पन्न हुन जाने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखालका समस्याहरु देखा पर्न थाल्ने छ । भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा गर्न खोजेका कामहरुमा कठिनाई आउने भएता पनि निरन्तर प्रयास गर्न भने नछोड्नु होला ।

सिंह
मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुने भएकाले विषय वस्तुलाई सहज ढंगबाट लिएर समस्याहरु समाधानतर्फ लागि पर्नु होला । मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै नकारात्मक परिस्थिति भने आउने छैन् ।

कन्या
पेशागत जीवनमा पनि स–साना समस्यासँग जुध्न समय खर्चिनु पर्ने भएकाले उत्पादकत्व र नतिजामा ह्रास ल्याउने छ । भनाभन र झैझगडा नै हुने चुनौति रहेकाले संयमित भई अघि बढ्नु नै राम्रो हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या तथा मतभेद देखिन जाने छ ।

तुला
आत्माबलमा कमि आउँदा मनमा डर लाग्ने र गरि आएका कामहरु पनि गर्न सक्दिन की क्या हो ? जस्तो लाग्न जाने छ । आम्दानीमा कमि आउँदा आर्थिक सन्तुलनमा असन्तुलन पैदा हुन जाँदा पारीवारिक जीवनमा तिक्तता सृजना गराउने छ । सञ्चित धन तथा पैतृक सम्पत्तिले असहज अवस्थालाई समाधान गर्न सहयोग पुर्‍याउने छ ।

वृश्चिक
जीवन र जगतका बारेमा उत्साहको कमि आउने छ । मनमा निराशाजनक भावले पेल्ने छ । शरीरका मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ जसले गर्दा अरुले हेप्ने छन् । शारीरिक थकान र उत्साहको कमि हुँदा जोश तथा जाँगरको अभाव हुने छ । भाग्यको साथ कम हुने भएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने छ ।

धनु
बोलीमा नरमपना देखिँदा अरुको मन जित्न सकिने छ । आम्दानीमा भने सोचे जस्तो वा लक्ष्य लिएको जस्तो प्रगति हुने छैन् । पेशागत जीवनमा बादबिबाद तथा द्वन्द देखा पर्ने भएकाले सतर्क रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव कायम रहने हुँदा असजिलो अवस्थासँग जुध्न तागत भने प्राप्त हुने छ ।

मकर
आम्दानीमा थोरै बृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी देखिने छ । व्यक्तित्व कडा खालको हुने हुँदा अरुले असहज महशुस गर्ने छन् । पारीवारिक जीवनमा केही कटुताको वातावरण उत्पन्न हुँदा समाधानका लागि समय खर्चिनु पर्ने छ ।

कुम्भ
आफुले राम्रो गर्दा गर्दै पनि समाजबाट उचित मुल्यांकन नहुँदा मनमा निराशाका क्रम देखिन जाने छ । मनमा निराशाको भाव देखा पर्न जाने भएकाले उत्साहको कमि हुने छ ।पेशागत जीवनमा नकारात्मक भावनाले पेल्ने भएकाले उत्पादकत्वमा नराम्रो प्रभाव पार्ने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ ।

मीन
भाग्यको साथ कमि भएकाले मेहनतपूर्वक गरिएका कामको नतिजा ढिला आउने हुँदा अधैर्यता उत्पन्न हुन जाने छ । मेहनत तथा पराक्रमीपनामा बृद्धि हुने छ । जोखिमपूर्ण कार्यहरु गर्नका लागि आँट आउने छ र फाइदा पनि मिल्ने छ । जीवनलाई उन्नतिको मार्गमा लैजानु पर्दछ भन्ने विचारमा तिब्रता आउने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया