कांग्रेस सभापति देउवालाई दबाब दिने तयारीमा पौडेल पक्ष
मेरोन्यूज
२०७८ भदौ ११ गते १२:२७

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा आगामी १८ गतेसम्म वडा अधिवेशन गर्नु पर्ने जोड दिँदै दबाब दिने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरी निर्वाचन समितिलाई दिएको भन्दै वडा अधिवेशन नगर्न खोजेको शंका गर्दै पौडेल पक्षले अधिवेशन गर्न जोड दिएको हो ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले आज साँझसम्म सभापति देउवालाई भेटेर सबै वडामा १८ गतेसम्म अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय भएको छ ।
यस्तै, पार्टी कार्यालयमा अनसनमा बसेका जिल्ला सभापतिको मागलाई समेत सम्बोधन गर्न ध्यानाकषर्ण गराइने पौडेल पक्षले जनाएको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया