हात नभएका खेलाडी, जो मुखको साहारामा टेनिस खेलेर पदक विजेता बने

काठमाडौँ । मुखले टेबल टेनिस खेल्न सम्भव छ ? धेरैलाई लाग्न सक्छ, यो असम्भव नै छ । तर होइन, हुँदैन होइन । असम्भव शब्द आफैले सम्भव भनेझै मुखले टेबल टेनिस खेल्नसमेत सम्भव छ । त्यसको उदाहरणीय पत्र हुन् इब्राहीम हमदत्तो । जसले मुखको सहयताले टेबल टेनिसमा करिअर बनाएका छन् ।
इब्राहिम हमदत्तोको जन्म सन् १९७३ मा इजिप्टमा भएको थियो । उनी अहिले ४८ वर्षको भए । उनी इजिप्टियन प्यारा टेबल टेनिस विजेता हुन् । उनले टेनिस खेलेर धेरै सम्मानहरू पाएका छन् । साथै २०१३ अफ्रिकी प्यारा टेबल टेनिस च्याम्पियनशिपमा रजत पदक विजेता हुन् । स्काई स्पोर्टका अनुसार उनी पहिलो खेलाडी हुन् जसले मुखको सहायताले टेबल टेनिस खेले ।
सानैदेखि टेबल टेनिस खेल्न रुचाउने इब्राहिमले दुवै हात गुमाउनु पुगे । उनले १० वर्षको उमेरमा दुर्घटनामा हात गुमाएका थिए । आफ्नो हात गुमाए पनि आफूलाई मन पर्ने खेल भने गुमाउन चाहेनन् । फलस्वरुप मुखले ब्याड समाएर खेललाई सुधार गरेर खेल जारी राख्ने निर्णय गरे ।
‘मलाई यस खेलप्रति आशा छ,’ उनले बिबिसी स्पोर्ट्ससँग उनले भने, ‘मेरो जीवनले मानिसहरूलाई जबसम्म तपाई कडा मेहनत गर्नु हुन्छ केही असम्भव छैन ।’

उनी टोकियोमा २०१४ विश्व टीम टेबल टेनिस च्याम्पियनशिपमा सम्मानित अतिथि थिए । जहाँ उनी विश्वका नम्बर २ मा लांग र पूर्व च्याम्पियन वाहाओसहित विश्वका केही सर्वश्रेष्ठ खेलाडीहरूविरुद्ध र्यालीमा प्रभावशाली देखिएका थिए । उनको चमत्कारले जापान सरकारलाई ‘भोलिको खेल’ संगठनका लागि एक प्रतिनिधिको रूपमा छनौट गर्न नेतृत्व गर्यो ।
इब्राहिमले रियोमा भएको पुरुष एकल क्लास इभेन्टमा खेलेको कुनै पनि खेल जित्न सकेनन् । तर उनी भन्छन्, ‘त्यहाँ आफ्नो स्थान कमाएँ ।’
‘म केवल देखाउनका लागि केही बन्न, कसैलाई जित्न, खेलेको छु,’ उनले भने । यो केवल मानिसहरूका लागि आफूलाई हेर्न मात्र नभएको बताए ।
‘मैले इजिप्शियन ओपन र अफ्रिकी च्याम्पियनशिपमा रजत पदक जितेको छु, यदि कोही पारा ओलम्पिकमा पुग्छन् भने, उनीहरु अझै अर्को पदक जित्न चाहन्छन्,’ उनले भने, ‘यसका लागि कडा मेहनत गर्नु पर्छ, पछाडि जानु हुँदैन ।’

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया