मेरो राजनीतिक जीवनमा ‘गिरिजा बाबु’लाई सम्झिएँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको उद्घाटनमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला (गिरिजा बाबु)लाई सम्झिएको बताएका छन् । उनले आफूले युवा अवस्थादेखि राजनीतिमा भोगेका विभिन्न चरण सम्झिदै जाँदा कोइरालालाई सम्झिएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आगामी दिनमा युवा नेताहरूको एकताबाट गठबन्धनद्वारा निर्माण भएको सरकारलाई जोगाउनु पर्ने बताए । ‘पार्टीमा युवाहरूलाई चाँडोभन्दा चाँडो नेतृत्वमा ल्याउनु पर्ने अवस्था आएको छ, त्यसैलै हामीले पार्टीमा २० प्रतिशत युवाहरू नेतृत्वमा हुने बनाएका छौँ,’ उनले भने ।
यस्तै, उनले आगामी दिनमा युवा साथीहरू उत्पादन क्षेत्रमा लागु पर्ने बेला आएको बताए । ‘हामी जनयुद्धमा हुँदा पनि जनताको घरमा पुगेर उत्पादनको क्षेत्रमा लाग्यौँ, त्यसैले जनताले आफ्नो छोराछोरीलाई युद्धमा होमिन दिए,’ उनले भने, ‘यदि, यस्तो नगरेको भए, हाम्रो युद्ध पूरा हुँदैन थियो ।’
‘जनतालाई हामीले झुठ नबोल्ने, जे बोलिएको छ–त्यही गर्नु पर्ने बेला आएको छ,’ उनले भने, ‘यस्तै गर्ने हो भने अरूको पार्टीमा गएर बसे भइहाल्यो नि त ।’
अध्यक्ष प्रचण्डले माओवादी र एमाले एकता हुँदा केपी शर्मा ओलीले ठगी गरेको आरोप लगाए । ‘हामीले जे जे भनेका थियौँ, त्यहीअनुसार केपी ओलीले हस्ताक्षर गरे, त्यो पछि लागु भएन,’ उनले भने, ‘यो त ओलीको ठगी धन्दा रहेछ नि !’









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया