दूध पोखिएको निहुँमा ट्रकमा बाँधेर घिसार्दा युवाको मृत्यु (भिडियोसहित)

काठमाडौँ । भारतको मध्ये प्रदेशमा एक अमानवीय घटना बाहिर भएको भन्दै विरोध भएको छ । सानो गल्तीका कारण गाउँका मानिसहरूले छितरमल गुर्जर नाम गरेका एक आदिवासी मूलका युवालाई निर्मम तरिकाले कुट्नुका साथै ट्रकमा बाँधेर घिसारिएको छ ।
कुटेर घाइते बनाएका युवालाई ट्रकको पछाडि बाँधेर लगाएसँगै अचेत भएका युवालाई पछि अस्पताल लगिएको थियो । गम्भिर अवस्थामा अस्पताल पुर्याइएका युवालाई अस्पतालले मृत घोषणा गरिदिएको थियो ।
गुर्जरले एक मोटरसाइकलमा राखेको दूध पोखिएको निहुँमा घटना भएको भारतीय प्रहरीले जनाएको छ । उनले बाइकमाथि राखेको दूध भुँइमा पोखिएको निहुँमा उनलाई अमानवीय शैलीमा कुटपिट गरिएको थियो ।
गुर्जरलाई कुटेसँगै सडकमा आइरहेको ट्रकको पछाडि डोरी बाँधेर चलाउन लगाइएको थियो । सडकमा घिसारिएका युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एजेन्सी
ये मध्यप्रदेश में हो क्या रहा है…?
अब नीमच ज़िले के सिंगोली में कन्हैयालाल भील नाम के एक आदिवासी व्यक्ति के साथ बर्बरता की बेहद अमानवीय घटना सामने आयी है ?
मृतक को चोरी की शंका पर बुरी तरह से पीटने के बाद उसे एक वाहन से बांधकर निर्दयता से घसीटा गया, जिससे उसकी मौत हो गयी ? pic.twitter.com/96r1zUQBDs— Kamal Nath (@OfficeOfKNath) August 28, 2021
















बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
प्रतिक्रिया