सुदूरपश्चिम प्रदेशमा ‘गौरा’ भित्र्याइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन् ।
महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै गौरा ‘भगवती’को प्रतिमा तयार पार्ने गरिन्छ । व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याई सकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने गर्दछन् ।
पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गुहँु, मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन छ । बिरुडालाई आफन्त, छरछिमेक तथा ईष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहिआएको धनगढी उपमहानगरपालिका–२ का पुरोहित कृष्णराज जोशीले जानकारी दिए । पुरोहित जोशीले भने, “जुन प्रसाद खाँदा पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ ।”
यसरी गौरा भित्र्याइ पूजाको सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई लोक भाषामा देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन् । त्यस्तै भक्तालु महिला आज धनगढीको नैनादेवी मन्दिर, कालिका मन्दिर, शिवपुरी धाम, वनदेवी मन्दिर, शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्नमा व्यस्त देखिन्छन् । भाद्र पञ्चमी तिथिका दिन धार्मिक विधिअनुसार प्रत्येक घर तथा मन्दिरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ ।
अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ । कोभिड– १९ संक्रमणको जोखिम कायमै रहेकाले अघिल्ला वर्षमा हुने गरेको गौरापर्वको रौनकता यसपाली खासै देखिदैन ।
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया