सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउँछ : नेता विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने प्रतिक्रिया दिए ।
आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन भईसकेकाले अव सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
नेता विश्वकर्माले भने, ‘सायद भोली बेलुकासम्म सरकार विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । ढिलो किन भयो ? भन्ने कुरा चाँही दलहरुबीचको बैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भईसकेको छ । दल निर्माण पनि भईसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अव ढिलाई हुँदैन ।’ नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गरे । उनले सभामुखले आफ्नो दलले कारबाही गरिसकेका सांसदहरुलाई बैधता दिएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा सघाउ पु¥याएको आरोप लगाउँदै भने, ‘सभामुखले नगर्नुपर्ने काम गरेका छन । त्यसका विरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन पनि सक्छ ।’ नेता थापाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्माण अवैधानिक ढंगले भएको जिकीर गर्दै त्यस विरुद्ध आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिए ।
















आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया