नेपालमा कोभिडको दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’
मेरोन्यूज
२०७८ भदौ १३ गते १९:२०

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको छ ।
कोभिड महामारी सुरु भएयता दोस्रोपटक देशभरबाट प्रतिनिधित्व गरी १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको मन्त्रालयले जनाएको छ । सर्वेक्षणको प्रारम्भिक नतिजामा ६८।६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखाएको थियो ।
सर्वेक्षणमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर तथा सबै उमेर र लिङ्गका व्यक्तिहरूमा समान रूपमा ‘एन्टिबडी’ देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया