तत्काल महाकवि देवकोटाको घर नभत्काउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुरातत्व विभागसँग समन्वय गरेर मात्र भत्काउन अन्तरिम आदेश दिएको छ ।
आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पुरातत्व विभागसँग समन्वय गरेर घर भत्काउन अन्तरिम आदेश दिएको हो । आदेशको लिखित पाठ आउन भने बाँकी छ ।
सर्वोच्चले महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर मात्र घर भत्काउन अन्तरिम आदेश जारी गरेको जनाएको छ । यस्तै सर्वोच्चले पुरातात्विक महत्वका सामग्री व्यवस्थापन नगर्दासम्म तत्काल घर नभत्काउन पनि आदेश दिएको छ ।
यसअघि गत साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले घर भत्काउनको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतलाई आदेश दिएको थियो । अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरेका थिए ।
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया