तत्काल महाकवि देवकोटाको घर नभत्काउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुरातत्व विभागसँग समन्वय गरेर मात्र भत्काउन अन्तरिम आदेश दिएको छ ।
आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पुरातत्व विभागसँग समन्वय गरेर घर भत्काउन अन्तरिम आदेश दिएको हो । आदेशको लिखित पाठ आउन भने बाँकी छ ।
सर्वोच्चले महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर मात्र घर भत्काउन अन्तरिम आदेश जारी गरेको जनाएको छ । यस्तै सर्वोच्चले पुरातात्विक महत्वका सामग्री व्यवस्थापन नगर्दासम्म तत्काल घर नभत्काउन पनि आदेश दिएको छ ।
यसअघि गत साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले घर भत्काउनको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतलाई आदेश दिएको थियो । अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरेका थिए ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया