७६ दिनपछि झलनाथ स्वदेश फर्किदा को-को पुगे स्वागतमा ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेता झलनाथ खनाल ७६ दिन पछि स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेर उनी ७६ दिनपछि सोमबार स्वदेश फर्किएका हुन् ।
मृगौलामा समस्या देखिएपछि उनी गत असार २ गते उपचारका लागि दिल्ली पुगेका थिए । उनको भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपाण गरिएको थियो । उनलाई आफुनी श्रीमतिको दिदीको छोरीले मृगौला दान गरेकी थिइन् ।
उनी भारत जादा एमालेभित्रको अन्तरविरोधलाई सवैले अहंम त्याग गरेर एकतावद्ध हुन अपिल गरेको वक्तब्य दिएर दिल्ली गएपछि उनको वक्तब्य नै खनालको चाहनामा आएको हो, होइन भन्ने सम्मको वहस थियो । तर उनले एमाले विभाजित हुँदा भने दिल्लीबाटै माधव नेपाललाई साथ दिए । उनले एमाले फुटेको नभई आफुहरुले विदा्रहे गरेको प्रतिक्रिया स्वदेश फर्केपछि पनि दिएका छन् । उनी नेकपा एकीकृत समाजवादीमा रहने यस अगाडी नै खुलिसकेको छ ।
उनको उपचारका लागि तत्कालिन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलले राज्यकोषवाट सहयोग गरेका थिए । त्यसमा खनालले स्वदेश फर्केपछि धन्यबाद पनि दिए । तर उनको ७६ दिनको दिल्ली बसाईपछि स्वदेश फर्किने क्रममा भने एकीकृत समाजवादीका नेताहरु मात्र विमानस्थलमा देखा परे ।
विमानस्थलमा खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।
एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै त्यससमयमा खनालले भने,–७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया