७६ दिनपछि झलनाथ स्वदेश फर्किदा को-को पुगे स्वागतमा ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेता झलनाथ खनाल ७६ दिन पछि स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेर उनी ७६ दिनपछि सोमबार स्वदेश फर्किएका हुन् ।
मृगौलामा समस्या देखिएपछि उनी गत असार २ गते उपचारका लागि दिल्ली पुगेका थिए । उनको भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपाण गरिएको थियो । उनलाई आफुनी श्रीमतिको दिदीको छोरीले मृगौला दान गरेकी थिइन् ।
उनी भारत जादा एमालेभित्रको अन्तरविरोधलाई सवैले अहंम त्याग गरेर एकतावद्ध हुन अपिल गरेको वक्तब्य दिएर दिल्ली गएपछि उनको वक्तब्य नै खनालको चाहनामा आएको हो, होइन भन्ने सम्मको वहस थियो । तर उनले एमाले विभाजित हुँदा भने दिल्लीबाटै माधव नेपाललाई साथ दिए । उनले एमाले फुटेको नभई आफुहरुले विदा्रहे गरेको प्रतिक्रिया स्वदेश फर्केपछि पनि दिएका छन् । उनी नेकपा एकीकृत समाजवादीमा रहने यस अगाडी नै खुलिसकेको छ ।
उनको उपचारका लागि तत्कालिन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलले राज्यकोषवाट सहयोग गरेका थिए । त्यसमा खनालले स्वदेश फर्केपछि धन्यबाद पनि दिए । तर उनको ७६ दिनको दिल्ली बसाईपछि स्वदेश फर्किने क्रममा भने एकीकृत समाजवादीका नेताहरु मात्र विमानस्थलमा देखा परे ।
विमानस्थलमा खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।
एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै त्यससमयमा खनालले भने,–७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया