सरकारलाई घाइते र वेपत्ता पारिएका पीडित परिवारहरुको चेतावनी

काठमाडौँ । सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौँमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिइन् ।
अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताइन् । अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताइन् । पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए । उनले कोठा र होटलमा कार्यक्रम गरेर गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताए । उनले राजनैतिक रुपमा वकालत हुनेगरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताए ।
पीडित नेपालीले भने, “अधिकार मागेर नपाउने भए खोस्नुपर्छ, अधिका खोसेर लिनुपर्ने अवस्था आएको छ, कोठा, होटलमा कार्यक्रम गरेर काम हुँदैन, आयोगले काम गर्नु पर्यो, साथै राजनैतिक रुपमा वकालत गर्न सक्नुपर्यो, युद्ध गर्ने र गराउनेले जवाफ दिने गरी काम हुनुपर्छ । ”
















सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
प्रतिक्रिया