बिहीबार, वैशाख १०, २०८३

सरकारलाई घाइते र वेपत्ता पारिएका पीडित परिवारहरुको चेतावनी

मेरोन्यूज २०७८ भदौ १४ गते १९:२१

काठमाडौँ । सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौँमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिइन् ।

Advertisement
NiccNicc

अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताइन् । अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताइन् । पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए । उनले कोठा र होटलमा कार्यक्रम गरेर गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताए । उनले राजनैतिक रुपमा वकालत हुनेगरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताए ।

पीडित नेपालीले भने, “अधिकार मागेर नपाउने भए खोस्नुपर्छ, अधिका खोसेर लिनुपर्ने अवस्था आएको छ, कोठा, होटलमा कार्यक्रम गरेर काम हुँदैन, आयोगले काम गर्नु पर्यो, साथै राजनैतिक रुपमा वकालत गर्न सक्नुपर्यो, युद्ध गर्ने र गराउनेले जवाफ दिने गरी काम हुनुपर्छ । ”

प्रतिक्रिया