२३ वर्षपछि झर्यो पहिरो
काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ ।
आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिराले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, अम्मर विक र सीता थकालीको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुरे पहाडबाट झरेको लेदोसहितको पहिरो त्यस क्षेत्रका अन्य धेरै घरमा पसेर क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रको पहिराले बुटवलका मुख्य सडकमा र बजार क्षेत्रसम्म बगेको छ । लेदो माटोसहितको पहिरो बजार क्षेत्रमा बगाएर ल्याएकाले लक्ष्मीनगर, गोलपार्क क्षेत्रमा आवागमनमा समस्या भएको छ भने बिजुलीका पोलमा क्षति पु¥याएको छ ।
पहिराबाट मानवीय क्षति भने नभएको र मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले स्थानीयलाई नजिकै रहेको बुटवल बहुमुखी क्याम्पसमा सारेर अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको र जनधनको क्षतिबाट जोगिन आफन्तका घरमा आश्रय लिएका छन् । बुटवल उपमहानगरपालिका हँुदै बग्ने तिनाउ र दानव नदीले नगरका वार्ड नं ११ का बुद्धनगर, वार्ड नं १६ को बैठौलिया, १५ को विभिन्न क्षेत्रमा नदी कटान, सडक, पुलमा क्षति पु¥याएको बताइएको छ ।
सो क्षेत्रमा विसं २०५५ भदौ २० गते चुरे पहाडको पहिरो खसेर ५७ घरमा क्षति पु¥याएको थियो । उक्त पहिराले त्यस क्षेत्रको बस्ती नै विस्थापित भएको थियो । विस्तारै पहिरो खस्नेक्रम रोकिँदा स्थानीय बासिन्दाले घर बनाएर बस्न थालेपछि बस्ती पुनः स्थापित भएको हो ।
यस्तै बुटवल उपमहानगरपालिका–२ पूर्वपश्चिम राजमार्ग क्षेत्रको जितगढी, पाखापानीमा राजमार्गमाथिको चुरे पहाडबाट खसेको पहिराले राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ । सो क्षेत्रमा गत महिनादेखि लगातार पहिरो झर्ने क्रम नरोकिएको र पहिराका कारण सडक छेउका बस्ती निकै जोखिमपूर्ण रहेका छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया