काँकडभिट्टा नाकाबाट प्रवेश खुल्ला

झापा । चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए ।
“केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ”, प्रजिअ तिम्सिनाले भने । यसअ अघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो ।
लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन माग गर्दै आएको थियो । व्यवसायीले आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
काँकरभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पीसीआर नेगेटिभ रिपार्ट र कोरोना विरुद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो । भारतको पश्चिम बङ्गालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए ।
झापाको काँकडभिट्टाबाहेक अरु नाकाबाट भने आवतजावतमा अझै रोक लगाइएको छ । भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेको छ ।











मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया