अध्यक्ष नटुंगिदा वाइसिएलको भेला लम्बियो, नयाँ केन्द्रीय समिति घोषणा हुँदै
मेरोन्यूज
२०७८ भदौ १५ गते १२:१०

काठमाडौँ । गत शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले नयाँ केन्द्रीय समिति घोषणा हुने भएको छ । नयाँ केन्द्रीय समितिमा तत्काल अध्यक्ष नचुने भएको हो ।
राष्ट्रिय भेलाअन्तर्गत जारी बन्द सत्रले केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले पदाधिकारी चयन गर्ने वाइसिएलका एक नेताले जानकारी दिए ।
वाइसिएलको अध्यक्षमा सुवोध सेर्पाली र सुमन देवकोटाले दाबी गरेसँगै अध्यक्षको विषय नटुंगिने भएको हो । अध्यक्ष कसलाई बनाउने भन्ने विषय सहमति जुटाउन पार्टीका नेताहरू र वाइसिएल पदाधिकारी सक्रिय हुँदै आए पनि टुंगिन सकेको छैन ।
मंगलबार वाइसिएल नेताहरू पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर छलफल गरेका थिए । भर्चअुल विधिबाट दुई दिनमा सक्ने गरी सुरु भएको भेला अध्यक्ष नटुंगिदा ४ लम्बिएको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया