बागमती प्रदेशका १२ सांसदले छाडे एमाले, मुख्यमन्त्रीको पद अल्पमतमा

काठमाडौँ । बागमती प्रदेशमा एमालेबाट निर्वाचन जितेका १२ जना प्रदेशसभा सदस्यहरू नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका छन् । सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेशसभा सदस्यहरूले मंगलबार नेकपा एमाले छाडेर नवगठित पार्टी गएको भन्दै प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेहरूमा मन्त्री खनालसहित प्रदेशसभा सदस्यहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।
एमाले छाडेर १२ जना प्रदेशसभा सदस्यहरूले नयाँ दल रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । उनी अल्पमतमा परेसँगै विश्वासको मत लिनु पर्ने हुन्छ ।
गत २ गते मुख्यमन्त्री बनेकी शाक्य नवगठित दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पक्षबाट एमालेमा फर्किएकी थिइन ।
बागमतीमा प्रदेशसभामा एमालेका ५१ जना प्रदेशसभा सदस्य रहेका थिए ।
















42 days to go for HoR elections: Complaints against nominations being investigated
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया