कविता
म गणना भइन !
कृष्ण प्रसाद भुषाल
२०७८ भदौ १५ गते २०:२६

कोरोना आयो,
सबैतिर महामारी छायो
न त पिसिआर जचाँए
त्यसैले म गणना भईन
मध्यम वर्गिय परियो
कतै राहत लिन गईन
कसैले तस्बिर खिचेन
त्यसैले म गणना भईन
कर्मचारी हुन्थे त
भ्रमण भत्ता बाँड्दा गनिन्थे होला
कार्यकर्ता हुन्थे त
योजना बाडफाड र नियुक्तिमा
गनिन्थे होला
मध्यम वर्गिय जनता म
त्यसैले म गणना भईन
सरकार पिसीआर पोजेटिभ र
मृत्यु संख्या गणना गर्दैमा व्यस्त
न त पिसिआर पोजेटिभ
न त मृत्यु
त्यसैले म गणना भईन
२०६८ सालको जनगणनामा गनिएको म
त्यसपछि सरकारले
मेरो भोट गन्यो
आफ्नो पक्षका सांसद गन्यो
बहुमत र अल्पमतको संख्या गन्यो
सत्ता टिकाउने दिन गन्यो
तर मध्यम वर्गिय जनता
म !
कहिल्यै गणना भईन ।।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया