सभामुखविरुद्धको मुद्दामाथि सुनुवाई हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा संवैधानिक इजलासबाट सुनुवाई हुने भएको छ । सशस्त्र द्वन्द्वमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।
विं.सं. २०६२ वैशाख १६ गते श्री कृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाटै लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटाविरुद्ध जाहेरी दिएकी थिइन् ।
प्रहरीले पूर्णिमायाले दिएकी जाहेरी दर्ता नगरेपछि सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चको आदेशसँगै जाहेरी दर्ता भयो । तर, तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्ध मुद्दा तामेलीमा राख्ने निर्णय गरेको थियो ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइए पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । उनीहरूको संवैधानिक इजलासले उक्त मुद्दा हेर्ने भएको हो ।











जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया