सभामुखविरुद्धको मुद्दामाथि सुनुवाई हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा संवैधानिक इजलासबाट सुनुवाई हुने भएको छ । सशस्त्र द्वन्द्वमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।
विं.सं. २०६२ वैशाख १६ गते श्री कृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाटै लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सापकोटाविरुद्ध जाहेरी दिएकी थिइन् ।
प्रहरीले पूर्णिमायाले दिएकी जाहेरी दर्ता नगरेपछि सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चको आदेशसँगै जाहेरी दर्ता भयो । तर, तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्ध मुद्दा तामेलीमा राख्ने निर्णय गरेको थियो ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइए पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । उनीहरूको संवैधानिक इजलासले उक्त मुद्दा हेर्ने भएको हो ।
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया