आइतबार, फागुन १७, २०८२

देश विकासमा युवा पुस्ता अगाडि बढ्नुपर्छ : अर्थमन्त्री शर्मा

मेरोन्यूज २०७८ भदौ १६ गते १६:४२

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देश विकासका लागि युवा पुस्ता अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन भवनको शिलान्यास गर्दै अर्थमन्त्री शर्माले अबको १० वर्षसम्म देश विकासमा युवा पुस्ता लागे देशले कोल्टे फेर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

अबको एक दशक नेपालको लागि महत्वपूर्ण घडी भएको भन्दै उनले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, श्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले देशलाई विकास गर्न सक्यौं भने यो एउटा अवसर हा ।’

उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए । अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन समेत दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यसविरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको बताए ।

प्रतिक्रिया