चार महिनापछि निषेधाज्ञा हटाइयो

काठमाडौँ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटेको छ । जिल्लास्थित कोरोना संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा संक्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएका हुन् ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या दुई सयभन्दा कममा झरेको र दैनिक संक्रमित हुने दरमा कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप नगर्ने निष्कर्षमा पुगेको प्रजिअ पाण्डेले बताए । जिल्ला कोरोना संकट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका उनले बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको तर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नु पर्ने बताए ।
उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नु पर्ने बताए । उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति एक सय रूपैयाँ जरिवाना हुने जानकारी दिए ।
बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेमा संक्रमक रोग निवारण ऐनअनुसार कारबाही हुने सम्बन्धित सबै पक्षलाई सचेत गराएका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया