चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्र समस्या अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारले हुम्लामा नीनसँगको सीमा समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
यस्तै सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए ।
उक्त सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले निरतरता दिने निर्णय गरेको छ ।
















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया