कांग्रेसका युवा नेतृत्वको वहस
विपि, सुवर्ण युवामै सभापति हुनुभयो, तर हामी अझै बुढालाई काँध थापिरहने ?

नेपाली कांग्रेसलाई बारम्बार नेपाली जनताले मतदान दिएका छन् । नेपाली कांग्रेसकै नेतृत्वमा अहिलेको संविधान जारी भएको हो । नेपाली कांग्रेसको नेतृत्वमा २०६२–०६३ को जनआन्दोलन भएको छ । मुलुकमा शान्तिवार्ता पनि कांग्रेसकै नेतृत्वमा भएको छ । तराईमा भएका विभिन्न आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको थियो । कांग्रेसले नितिमा परिवर्तन गरेपनि सोचमा परिर्वतन गर्न सकेन । २०७८ सालमा आउँदा पनि २०४८ सालमा रहेका व्यक्ति पार्टीको केन्द्रिय नेतृृत्वमा नै रहेका छन् ।
३० वर्षको हाराहारीमा उही व्यक्ति, उही सोच भएका नेता पार्टी नेतृत्वमा छन् । ६० वर्षभन्दा तलका उमेर समुहका क्रियाशील सदस्य पार्टीभित्र ८० प्रतिशतको हाराहारीमा छन् । अहिले सभापतिको दाबेदार हेर्दा अधिकाशं ६० वर्षभन्दा माथिका छन् । २०१२ सालमा ४० वर्षको उमेरमा सुर्वण शमशेर पार्टी सभापति भएका थिए । ४० वर्षका गणेशमान सिंहले सुुर्वण शमशेरसँग प्रतिस्पर्धा गरेका थिए । ४६ वर्षका उमेरमा विपि कोइराला प्रधानमन्त्री भएका थिए । त्यो बेलाको समयमा ५० वर्षभन्दा मुनिकै देशका प्रधानमन्त्री भएका थिए । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा ५२ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री भएका थिए ।
कृष्ण प्रसाद भट्टराई ३७ वर्षको उमेरमा पार्टीको कार्यवाहक सभापति भएका थिए । २०१६ सालमा कृष्ण प्रसाद भट्टराई २७ वर्षको उमेरमा सभामुख भएका थिए । पहिला युवाले नेतृत्व गरेको नेपाली कांग्रेस पार्टी अहिले युवाहरु पार्टीको नेतृत्व गर्न किन अहिले डराएका छन् ?किन हामीअ झै पनि वुढाहरुलाई पार्टी नेतृत्व पुराउनका लागि काँध थापिरहने ?
किन कांग्रेसमा युवाहरु नेतृत्वमा आउँदैन् ? के नेपाली कांग्रेसमा युवा सक्षम छैनन् र ? मलाई मनमा एकदमै खड्कियो । त्यसपछि म जिल्ला –जिल्ला, गाउँ–गाउँमा गए । गाउँ–गाउँमा शहिद परिवारका मानिसहरुसँग भेट भयो । जेल जीवन विताएका मानिसहरुसँग भेट भयो । पार्टीका शुभचिन्तकहरुसँग भेट गरे । विश्वभर रहेका पार्टीका शुभचिन्तक साथीहरुसँग सामाजिक सञ्जालमार्फत कुरा गरे । मलाई सबैतिरबाट हैन अब पार्टी नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ । आवाज सबैतिरबाट आयो ।
त्यसपछि पार्टीका साथीहरुसँग सल्लाह गरे । सल्लाह पछि म एउटा निर्णयमा पुगे । अव पार्टी सभापति युवा उठ्नुपर्छ । त्यसपछि नै पार्टीको १४ औँ महाधिवेशनको केन्द्रिय सभापतिको उम्मेदारी दिने औपचारिक घोषण गरेको हो । अहिले ६० वर्षभन्दा मुनिको केन्द्रिय सभापतिको उम्मेदवार म मात्र हुँ । अब नेपाली कांग्रेसको नेतृत्व गर्न नयाँ पुस्ता सक्षम छ । देशको नेतृत्व गर्न पनि नयाँ पुस्ता योग्य छ ।
नेपाली कांग्रेसको सभापति भएपछि मैले सबै समुदायलाई समेटेर लैजान्छु । नेपाली कांग्रेसभित्र अहिले कोही अवसर पाएको पाएै छ भने कोही पुस्तौँ पुस्तादेखि लागेकाहरुले पनि अवसर पाएका छैनन् । म सभापति भएपछि नेपाली कांग्रेसमा सवैको अपनत्व हुने र सवैले अवसर पाउने गरी पार्टी हाक्ने छु ।
कांग्रेसको विधानमा मात्र हैन् कि संविधानमा समानुपातिक सासंद हुने व्यक्ति एक पटक मात्र हुन पाउँनुपर्छ भनेर पार्टी सभापति भएपछि पहल गर्छु । अर्को संविधानमा तीन पटक मन्त्री र २ पटक मात्र प्रधानमन्त्री हुने व्यवस्थाका लागि कांग्रेस सभापति भएपछि म पहल गर्छु । अन्य युवा साथीहरुले पनि केन्द्रिय सभापतिमा उम्मेदवारी दिनु भए म खुसी हुन्छु । ।हामी जति युवा साथीहरु छौं, अहिले २२ जना केन्द्रिय सदस्यहरुले केन्द्रिय सभापतिमा उम्मेदारी नदिने, तर पदाधिकारीमा उम्मेदारी दिनु भन्नु भएको छ । म केन्द्रिय सभापति भएमा कांग्रेसको वडा कार्य सभापति देखि केन्द्रिय कार्यसमितिको सभापतिसम्म एक व्यक्ति एक पद दुई पटक मात्र हुन पाउँने कांग्रेसको विधानमा व्यवस्था गर्छु ।
पार्टीभित्र जुनप्रकारको गुटबन्दी छ । जुन किसिमको भागबन्डा छ । म सभापति भएपछि सबै गुटबन्दीलाई समाप्त पार्छु । विधान अनुसार पार्टीलाई सञ्चालन गर्छु । पार्टीका भातृ र सुभेच्छुक संस्थाको अधिवेशन नियमितरुपमा हुने प्रवन्ध गर्छु । कांग्रेसभित्र जहिल्लै एउटै अनुहार देखिन्छ । नयाँ अनुहारहरुले कहिले अवसर पाउँने त ? एक व्यक्ति एक पदमा दुई पटक हुन नपाउँने म सभापति भएमा व्यस्था गर्छु ।
म लामो समय राजनिति गर्ने मानिस हो । केन्द्रिय सभापति भएमा यदि कांग्रेसको सरकार भएमा ६ महिनाभित्र देशमा भ्रष्टचार शुन्य देश बनाउँछु । यो मेरो बाचा हो । भ्रष्टचारविरुद्ध कडाभन्दा कडा कानुन बनाउँछु । अहिले नेपालमा स्वास्थ्य सेवा र शिक्षा निकै महंगो भएर गएको छ । म कांग्रेस सभापति भएमा र कांग्रेसको सरकार भएमा पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्या हुनेछ । निशुल्क शिक्षा र निजि अस्पतालहरुलाई राष्ट्रियकरण गर्छु । महिलाहरु सुत्केरी हुदाँ रक्तश्राब भएर मृत्यु भइरहेका छन् । ६,७४३ वडामा बर्थिङ् सेन्टरको व्यवस्था गर्छु ।
(सभापति उम्मेदवारी घोषणा गदै गुरुङले पत्रकार सम्मेलनमा ब्यक्त गरेको भनाईको सम्पादित अंश)

















Election activities sped up in Mugu
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ
Foreign Minister Sharma leaving for Dhaka today
Nepal hands over donation amount to Myanmar
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
प्रतिक्रिया