‘म पार्टी विभाजनको पक्षमा छैन’ : मुख्यमन्त्री शाक्य

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको स्पष्ट गरेकी छन् । नेकपा ९एमाले० वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।
आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउँछु भनिन् ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए । उनले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।

















Election activities sped up in Mugu
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ
Foreign Minister Sharma leaving for Dhaka today
Nepal hands over donation amount to Myanmar
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
प्रतिक्रिया