निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दामा सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ भदौ १८ गते ११:४१

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट आज सुनुवाई हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।
गत १६ गते एमालेले सर्वोच्चमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध तीन वटा रिट निवेदन दर्ता गरेको थियो । निर्वाचन आयोगविरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिलाई हस्ताक्षर गराएर एमाले फुटाएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।
त्यसैगरी पार्टीले कारबाही गरेका एमालेका सांसदहरूलाई सभामुखले सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले प्रदेश सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया