देउवाले दिए महेश बस्नेतलाई भक्तपुरका पार्टी सभापतिमाथि विजयी हुन चुनौती

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेस बलियो हुने बताएका छन् । आजदेखि सुरू भएको पार्टीको महाधिवेशनअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले केही दिनपहिले एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेकोप्रति लक्षित गर्दै जिल्लाका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए । यही महिनाको पहिलो साता नेता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै जित्ने बताएका थिए ।
बस्नेतकै निर्वाचन क्षेत्रमा कांग्रेसको वडा अधिवेशन उद्घाटन गर्दै देउवाले कांग्रेस सशक्त ढंगले अघि बढेको बताउँदै भने, ‘बस्नेत जीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
प्रधानमन्त्री देउवाले सूर्यविनायक नगरपालिका ५ सहित मध्यपुर ठिमी नगपालिका ४ मा समेत वडा अधिवेशनको अवलोकन गरेका थिए ।










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया