निर्वाचनपछि पुनः सरकारमा फर्किन्छौँ : प्रवक्ता ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि पुनः सरकारमा जाने दाबी गरेका छन् । तत्काल परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको उल्लेख गर्दै उनले जनादेशबाट सरकारमा फर्कने बताएका हुन् ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नु छ, अबको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनका लागि तयारी गर्नु छ,’ उनले भने, ‘ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ, जनादेशबाट फेरि फर्कने छौँ– हामी सरकारमा, परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ, जनताको मायाबाट फर्कने छौँ, र फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने छौँ ।’
प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया