निर्वाचनपछि पुनः सरकारमा फर्किन्छौँ : प्रवक्ता ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि पुनः सरकारमा जाने दाबी गरेका छन् । तत्काल परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको उल्लेख गर्दै उनले जनादेशबाट सरकारमा फर्कने बताएका हुन् ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नु छ, अबको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनका लागि तयारी गर्नु छ,’ उनले भने, ‘ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ, जनादेशबाट फेरि फर्कने छौँ– हामी सरकारमा, परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ, जनताको मायाबाट फर्कने छौँ, र फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने छौँ ।’
प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रीपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया