माओवादीले ५ दिनभित्र पार्टीको निर्वाचन आयोगलाई पूर्णता दिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको निर्वाचन आयोगलाई ५ दिनभित्र पूर्णता दिने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी स्थायी समिति बैठकले त्यसको तयारीका लागि छलफल थालेको छ ।
पार्टीको पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी माओवादीले गरेसँगै त्यसअगाडि सम्पन्न गर्नु पर्ने सेल, टोल भेला–सम्मेलन, वडा, गाउँ, नगर सम्मेलन, प्रदेश सम्मेलनलगायतका काम गर्न निर्वाचन आयोगलाई पूर्णता दिनु अनिवार्य भएकाले त्यसका लागि ५ दिनभित्र काम सक्ने समय तालिका माओवादीले तय गरेको हो ।
माओवादीले असोज १० मा सेल र टोल सम्मेलन, असोज २० मा वडा सम्मेलन, कात्तिक ६ गते गाउँ नगर सम्मेलन र मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने निर्णय लिएको छ ।
त्यसका लागि पार्टीले काम थाल्नु पर्ने र निर्वाचन समितिलाई पूर्णता दिनु पर्ने विषयमा शुक्रबारको स्थायी समिति बैठकमा छलफल भएको आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया