एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई नै पत्राचार

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे उठेका विवाविद विषमा स्पष्ट पार्न भन्दै नेपाल सरकारले अमेरिकालाई पत्र पठाएको छ ।
एमसीसीबारे विभिन्न किसिमका प्रश्नहरु एडिरहेको सन्दर्भमा अमेरिकाले नै स्पष्ट पार्नुपर्ने भन्दै नेपाल सरकारको तफपर््बाट अर्थ मन्त्रालयले शुक्रबार अमेरिकालाई पत्र पठाएको हो । नेपालस्थित अमेरिकी राजदूतावासमार्फत अर्थमन्त्रालयले एमसीसी मुख्यालयमा पत्राचार गरेको छ ।
एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने भएका छन् । नेपाल सरकारले उनीहरु नेपाल आउनुअघि नै यसबारेमा स्पष्ट हुन चाहेको हो ।
सन् २०१७ मा नेपाल सरकार र एमसीसीबीच भएको यो सम्झौता अनुसार नेपालले ऊर्जा र सडक सम्बन्धि परियोजनाका लागि ५ सय मिलियन डलर अनुदान पाउने उल्लेख छ ।
तर एमसीसी परियोजना ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत रहेको जानकारहरुले बताउँदै आएका छन् ।
एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुनेदेखि परियोजनाको लेखापरीक्षण समेत अमेरिकाबाट नै हुने तथा एमसीसी परियोजना नेपालको कानूनभन्दा माथि रहने भन्दै आलोचना हुँदै आएको छ । एमसीसीको विरोधमा नेपालमा दिनहुँजसो प्रदर्शन हुँदै आएका छन् ।
केही दिनअघि मात्रै एमसीसीबारे नेपालको एक टेलिभिजन विज्ञापन प्रशारण गरेकोमा चौतर्फी विरोधपछि विज्ञापन हटाएको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया