शुक्रबार, वैशाख २६, २०८२

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री मण्डल विस्तारबारे छलफल

मेरोन्यूज २०७८ भदौ १९ गते ११:०२

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । दुई शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेट वार्ता भएको हो ।

भेटमा मन्त्री मण्डल चाँडोभन्दा चाँडो विस्तार गर्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता साझेदारीमा नयाँ सरकार बनेको लामो समयसम्म मन्त्री मण्डल विस्तार हुन नसकेको अवस्थामा दुई नेताबीच भेट वार्ता भएको हो । हिजो शुक्रबार पनि सत्ता गठबन्धनका तीन नेताहरूबीच वार्ता भएको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा बनेको नयाँ सरकारमा मन्त्री मण्डल विस्तार हुन नसक्दा शीर्ष नेताहरूबीच भेट वार्ता तीव्र हुँदै आएको छ ।

प्रतिक्रिया