एमाले अध्यक्ष ओली अस्वस्थ्य
मेरोन्यूज
२०७८ भदौ १९ गते १२:४७

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । उनलाई ज्वरो आएको हो ।
अस्वस्थ्य भएपछि उनी आफ्नै निजी निवास बालकोट भक्तपुरमा नै आराम गरिरहेका छन् । उनका प्रेस संयोजक रामशरण बजगाईका अनुसार अस्वस्थ्य भएपछि अध्यक्ष ओलीले आजका नियमित कार्यक्रम र भेटघाटहरू पूर्ण रुपमा बन्द गरेका छन् ।
पार्टी नेता माधव कुमार नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनी पार्टीभित्र विभाजनको क्षति कम गराउन र नेता कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न आफै दौडधुप गरिरहेका थिए ।
बुढ्यौली उमेर र दौडधुप तीव्र हुँदा स्वास्थ्यमा समस्या देखिएर ज्वरो आएको हुन सक्ने आशंका गर्दै उनले अहिले आफ्ना कार्यक्रम रोकेर घरमा आराम गरिरहेको उनका प्रेस संयोजक बजगाईले बताए ।
सम्बन्धित













यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया