एमाले अध्यक्ष ओली अस्वस्थ्य
मेरोन्यूज
२०७८ भदौ १९ गते १२:४७

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । उनलाई ज्वरो आएको हो ।
अस्वस्थ्य भएपछि उनी आफ्नै निजी निवास बालकोट भक्तपुरमा नै आराम गरिरहेका छन् । उनका प्रेस संयोजक रामशरण बजगाईका अनुसार अस्वस्थ्य भएपछि अध्यक्ष ओलीले आजका नियमित कार्यक्रम र भेटघाटहरू पूर्ण रुपमा बन्द गरेका छन् ।
पार्टी नेता माधव कुमार नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनी पार्टीभित्र विभाजनको क्षति कम गराउन र नेता कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न आफै दौडधुप गरिरहेका थिए ।
बुढ्यौली उमेर र दौडधुप तीव्र हुँदा स्वास्थ्यमा समस्या देखिएर ज्वरो आएको हुन सक्ने आशंका गर्दै उनले अहिले आफ्ना कार्यक्रम रोकेर घरमा आराम गरिरहेको उनका प्रेस संयोजक बजगाईले बताए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया