सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी बन्यो ठूलो दल
मेरोन्यूज
२०७८ भदौ २० गते १६:२१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेबाट चुनाव जितेका थप तीन प्रदेशसभा सदस्यहरू एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै समाजवादी ठूलो दल बनेको हो ।
सांसदहरू तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आइतबार निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । यसअघि दश जना सांसदले एकीकृत समाजवादीमा सनाखत गराइसकेका थिए ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले अब छिट्टै संसदीय दल गठन गर्ने बताए । अब, सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।
यसबाहेक नेपाली कांग्रेसका १२, नेकपा माओवादी केन्द्रका १३ र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया