थप तीन सदस्यद्वारा एकीकृत समाजवादीमा सनाखत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा ( एमाले ) बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा ( एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् ।
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलको पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । नेताद्वय सोडारी र तामाङ क्रमशः एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै एकीकृत समाजवादीमा सनाखत गर्ने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् ।
प्रदेशसभामा अब एमाले १२ जनामा सीमित भएको छ ।सभामुखसहित २५ सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ सदस्य छन् ।
यसअघि एमालेका प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । रासस

















टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
टी-२० विश्वकपमा भएका रोचक समीकरण,अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
प्रतिक्रिया