नेपालबाट अमेरिकामा निर्यात सामान ४६ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्ष नेपालबाट सामान निर्यात हुने देश भारतपछि अमेरिका बनेको छ । गत आर्थिक वर्ष २०७७-७८ मा नेपालको सबैभन्दा बढी निर्यात व्यापार हुने देश अमेरिका बनेको हो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट कूल एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । जसमा अमेरिकामा मात्रै १३ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.१ प्रतिशत बढी हो ।
आर्थिक वर्ष २०७६-७७ मा नेपालबाट ९ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ बराबरको सामान अमेरिका निर्यात भएको थियो । सोही अवधिमा अमेरिकाबाट हुने आयात भने घटेको थियो ।
गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब ८४ करोड रूपैयाँ बराबरको सामान आयात गरेको छ । जसमा अमेरिकाबाट १९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । जुन आर्थिक वर्ष २०७६-७७ को तुलनामा १७.२ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्षमा नेपालबाट अमेरिकामा निर्यात भएका सामानमा उलन कार्पेट, तामा तथा यसका भाँडाहरू, कटन झोला, औषधिय तेल, पश्मिना, तयारी गहनालगायत रहेका छन् ।

















इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु
अस्ट्रेलियामा सामूहिक रुपमा नेपाली समुदायले मनाए होली
११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक : सभापति थापा
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया