जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट सुनुवाई हुँदै

काठमाडौँ । बालुवाटारमा रहेको प्रधानमन्त्री बस्दै आएको ललिता निवास प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा पुनः पेसीमा चढेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो । यसअघि स्थगित हुँदै आएको मुद्दा आज पेसीमा चढेको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूलाई मात्रै मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै रिट दायर गरेका थिए ।
विं.सं. ०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध उनले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व रिट दायर गरेका थिए । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री हुँदा सो जग्गा व्यक्तिको नाममा लगिएको थियो ।










दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया