जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट सुनुवाई हुँदै

काठमाडौँ । बालुवाटारमा रहेको प्रधानमन्त्री बस्दै आएको ललिता निवास प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा पुनः पेसीमा चढेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो । यसअघि स्थगित हुँदै आएको मुद्दा आज पेसीमा चढेको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूलाई मात्रै मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै रिट दायर गरेका थिए ।
विं.सं. ०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध उनले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व रिट दायर गरेका थिए । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री हुँदा सो जग्गा व्यक्तिको नाममा लगिएको थियो ।

















वाडा अटो शो २०२६ हुँदै
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
२० अंकले घट्यो सेयर बजार, काराेबार रकम ८ अर्ब ३६ करोड
Air pollution increasing in Kathmandu Valley
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया