इ–सेवाबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक

काठमाडौँ । नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ ।
बिमितहरुले इ–सेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको शुन्य दशमलब ३५ प्रतिशतदेखि एक हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ ।
कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ ।
आफ्नो बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्ने छ । इ–सेवाले अनलाइन मार्फत बिमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढी रहेको छ । यसैगरी अप्रत्यक्ष रुपमा करिब एक करोड ६० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन् ।
हाल इ–सेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इ–सेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इ–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इ–सेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकमजम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।









कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया