संखुवासभा हत्या घटना : यत्रतत्र अवस्थामा शव फेला, क्रुर शैलीमा हत्या
तालिम प्राप्त कुकुरसहित फरेन्सिक विज्ञको टोली घटनास्थल जाँदै
काठमाडौँ । संखुवासभा जिल्लाको मादी गाउँपालिका १ स्थित बैदमानको घरमा भएको हत्यामा शवहरू छरिएको अवस्थामा भेटिएको छ । सोमबार बिहान अन्दाजी २ बजेतिर भएको घटनामा मारिएकाहरूको शव यत्रतत्र अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता शुभेष अधिकारीका अनुसार ८४ की पार्वती कार्कीको शव घरमा फेला परेको हो, भने तेज बहादुर कार्कीको शव रोडमा फेला परेको हो ।
त्यस्तै, तेज बहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको हो । प्रवक्ता अधिकारीले भने, ‘११ वर्षीय दिपेन र ७ वर्षीय गोमाको शव भने घरदेखि १ किलोमिटर टाढाको बारीमा फेला परेको हो ।’
घटनाको प्रकृती हेर्दा लखेटेर यातना दिँदै मारेको हुन सक्ने प्रवक्ता अधिकारीले बताए । उनले घटनास्थलमा रहेका एक प्रहरी अधिकारीलाई उदृत गर्दै भने, ‘शव फरक–फरक क्षेत्रमा भेटिएको हुँदा लखेटेर मारेको हुन सक्ने आंकलन गरेका छौँ, हत्याको शैली क्रुर नै देखिन्छ, यातना दिएर हत्या गरेको जस्तो देखिन्छ ।’
तालिम प्राप्त कुकुरसहित फरेन्सिक विज्ञ जाँदै
घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली पठाएको प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।
एसपी राईका अनुसार घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालयबाट तालिम प्राप्त कुकुर र एसपी भिम दाहालसहितको फरेन्सिक विज्ञको टोली पठाइएको हो ।
तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञको टोली घटनास्थल नपुगेसम्म उक्त क्षेत्रलाई सुरक्षित राख्न संखुवासभा प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको एसपी राईले जानकारी दिए ।
यो पनि पढ्नुहोस् : एकै परिवारका ६ जनाको हत्या, हत्यामा धारिलो हतियारको प्रयोग

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया