संखुवासभा हत्याकाण्ड
एकै परिवारका ६ जनाको हत्या, हत्यामा धारिलो हतियारको प्रयोग

काठमाडौँ । संखुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ । हत्यामा धारिलो हतियार प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार हत्यामा धारिलो हतियारको प्रयोग भएको पाइएको हो । उनले भने, ‘मृतकहरूको अवस्था हेर्दा धारिलो हतियार प्रयोग भएको बुझिन्छ, के हतियार भने खुलिसकेको छैन ।’
प्रहरी चौकी मादी मुलखर्कबाट १० किलोमिटर पर रहेको र इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको मादी नगरपालिका १ उमलिङस्थितमा बौदमान कार्कीको घरमा हत्या भएको प्रवक्ता प्रहरी निरीक्षक शुभेष अधिकारीले मेरोन्युजलाई जानकारी दिए ।
हत्याको थप अनुसन्धाका लागि घटना स्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘६ जनाको हत्या भएको भन्ने सूचना आएको छ, हामी जाँदै छौँ, अझै २ घण्टा लाग्न सक्छ ।’
प्रहरी चौकी मादी मुलखर्क र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या (नामावालीसहित)









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया