संखुवासभा हत्याकाण्ड
एकै परिवारका ६ जनाको हत्या, हत्यामा धारिलो हतियारको प्रयोग

काठमाडौँ । संखुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ । हत्यामा धारिलो हतियार प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार हत्यामा धारिलो हतियारको प्रयोग भएको पाइएको हो । उनले भने, ‘मृतकहरूको अवस्था हेर्दा धारिलो हतियार प्रयोग भएको बुझिन्छ, के हतियार भने खुलिसकेको छैन ।’
प्रहरी चौकी मादी मुलखर्कबाट १० किलोमिटर पर रहेको र इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको मादी नगरपालिका १ उमलिङस्थितमा बौदमान कार्कीको घरमा हत्या भएको प्रवक्ता प्रहरी निरीक्षक शुभेष अधिकारीले मेरोन्युजलाई जानकारी दिए ।
हत्याको थप अनुसन्धाका लागि घटना स्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘६ जनाको हत्या भएको भन्ने सूचना आएको छ, हामी जाँदै छौँ, अझै २ घण्टा लाग्न सक्छ ।’
प्रहरी चौकी मादी मुलखर्क र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या (नामावालीसहित)
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया