शुक्रबार, वैशाख २६, २०८२

सत्तारुढ दलका भातृ संगठनले जलाए गृहमन्त्रीको पुत्ला (फोटोफिचर)

जुली गिरी २०७८ भदौ २१ गते १६:१८

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)को भातृ संगठन अनेरास्ववियुले गृहमन्त्रीको पुत्ला दहन गरेको छ । उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका हुन् ।

आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रको राष्ट्रप्रमुखहरूको विरोध गरे कारबाही गर्ने जनाएसँगै गृहमन्त्रीको पुत्ला दहन गरिएको हो । गत शुक्रबार माधवकुमार नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीका सोही संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी नारा जुलुस लगाएका थिए ।

दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएको भन्दै भारतविरुद्ध आन्दोलन गरेका थिए ।

यस्तै, उनीहरूले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)काे विराेध गरेका थिए भने धामीको न्यायका लागि नारा लगाएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया