दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौँ । नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए ।
“निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भने । आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उनको भनाइ छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो ।
निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओर्सान प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।


















‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया