कपाल फुलेर मात्रै हो, नत्र म युवा नै हुँ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू युवा नै भएको बताएका छन् । एमालेको भातृ संगठन युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले आफू अहिले पनि युवा नै भएको बताएका हुन् ।
‘भुलचुकमा कपाल फुल्यो र मात्रै हो, त्यो बेग्लै कुरा हो, नत्र म आफूलाई युवा नै ठान्छु,’ अध्यक्ष ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउन सही ठाउँमा तपाईहरूलाई प्रयोग गरिन्छ, तपाईहरू सही ठाउँमा आइपुग्न्’ भयो, किनभने तपाईहरू एमालेमा प्रवेश गर्नु भएको छ ।’
अध्यक्ष ओली देशको राष्ट्रिय स्वाधिनताबारे सरकार मौन रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको भेलामा बोल्दै उनले दार्चुलाको जयसिंह धामीलाई बेपत्तामा सरकार मौन बसेको आरोप लगाएका हुन् ।
‘देशका बारेमा बोल्न पाइन्छ, राष्ट्रियताको बारेमा बोल्न पाउनु पर्छ भनेर नाटक गरेका थिए, तमासा गरेका थिए, आफै मुखमा टेप टाँसेको छ, आफै फिल्म शैलीमा उप्काएर फालेका छन् अनि बोल्न पाइन्छ रे,’ अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीप्रत लक्षित गर्दै भने, ‘हिजो त जस्लाई जे मन लागेको छ त्यही बोलेका थिए, अहिले त बोलेमा कारबाही गर्ने भनेर धम्काएको छ ।’
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया