काठमाडौं आईपुगिन् एमसीसी उपाध्यक्ष, ओलीसँग पहिलो भेट

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आईपुगेका छन् । उनीहरु कतार एयरको विमानबाट काठमाडौँ अवतरण गरेका हुन् ।
केही बेर अगाडि मात्रै काठमाडौंको अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका उनीहरुको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा ब्यवस्था मिलाएको छ । नेपालभित्र एमसीसीको चर्काे विरोध भईरहेको सन्दर्भलाई हेरेर सरकारले सुरक्षा ब्यवस्था कडा बनाएको हो ।
नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।
नेपाल आईपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताईएको छ ।
उनको कमलादीस्थित अमेरिकी राजदुतको निवासमा लन्च गर्ने कार्यक्रम छ । त्यसपछि भने उनले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको दुतावास स्रोतले जनाएको छ । उनले पहिलाे भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबाट शुरु गर्ने तयारी गरेका छन् ।
ओली भेटन उनी भक्तपुर बालकोटस्थित ओलीकै निवासमा दिउँसो पुग्नेछन् ।
ओलीसँगको भेटपछि उनी एक एण्ड यति होटलमा जाने र त्यहाँ रहेको एमसीसी नेपालको कार्यालयमा पुगी केही कार्यक्रममा सहभागी हुने कार्यक्रम उनको छ । त्यसपछि भने उनले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।
उनले भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया