काठमाडौं आईपुगिन् एमसीसी उपाध्यक्ष, ओलीसँग पहिलो भेट

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आईपुगेका छन् । उनीहरु कतार एयरको विमानबाट काठमाडौँ अवतरण गरेका हुन् ।
केही बेर अगाडि मात्रै काठमाडौंको अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका उनीहरुको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा ब्यवस्था मिलाएको छ । नेपालभित्र एमसीसीको चर्काे विरोध भईरहेको सन्दर्भलाई हेरेर सरकारले सुरक्षा ब्यवस्था कडा बनाएको हो ।
नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।
नेपाल आईपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताईएको छ ।
उनको कमलादीस्थित अमेरिकी राजदुतको निवासमा लन्च गर्ने कार्यक्रम छ । त्यसपछि भने उनले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको दुतावास स्रोतले जनाएको छ । उनले पहिलाे भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबाट शुरु गर्ने तयारी गरेका छन् ।
ओली भेटन उनी भक्तपुर बालकोटस्थित ओलीकै निवासमा दिउँसो पुग्नेछन् ।
ओलीसँगको भेटपछि उनी एक एण्ड यति होटलमा जाने र त्यहाँ रहेको एमसीसी नेपालको कार्यालयमा पुगी केही कार्यक्रममा सहभागी हुने कार्यक्रम उनको छ । त्यसपछि भने उनले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।
उनले भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया