उपेन्द्र यादव अनुपस्थित भएपछि सत्ता गठबन्धनको बैठक प्रभावित
शुक्रवार विहान ९ बजे पुनः बस्ने, एमसीसी, संसद अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा साझा धारणा निर्माण, सरकार विस्तार र संसदको रणनीति तय गर्न बोलाईएको सत्तारुढ गठबन्धन दलको बैठक प्रभावित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको बैठक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै सहभागी नभएपछि प्रभावित भएको हो ।
यादव बैठकमा सहभागी हुन बालुवाटार जादै गएनन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि निर्धारित समयभन्दा ढिलो वालुवाटार पुगेका थिए । त्यसलगत्तै उनी एमसीसीका उपाध्यक्ष फातिमा सुमारलाई भेटन सिंहदरवार हिँडेपछि सत्तारुढ दलको बालुवाटार बैठक एजेण्डामा छलफल विनै टुग्गिएको हो ।
बैठक अव भोलि विहान ९ बजे पूनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
‘उपेन्द्रजी बैठकमा आउनुभएन, भोलि विहान ९ वजे फेरि बस्ने गरी आजका लागि त्यक्तिकै उठियो,’ जनमोर्चा उपाध्यक्ष पौडेलले बताइन् ।
देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएको भएपनि अहिलेसम्म उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन । नेपालभित्रै विवादमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन –एमसीसी)का उपाध्यक्ष नेपाल आएर राजनीतिक भेटघाट गरिरहेको र प्रम्ुख प्रतिपक्षी दल एमालेले संसदमा सभामुख अग्नि सापकोटको भूमिकामाथी प्रश्न उठाँउदै संसद निरन्तर अवरोध गर्न थालेपछि यस विषयमा धारणा बनाउन सत्ता गठवन्धनको बैठक बोलाईएको थियो ।
संसद बैठक शुक्रवार दिउँसो १ वजेका लागि बोलाईएको छ । यसमा सत्ता गठबन्धन दलले साझा धारणा बनाउनु पर्ने देखिएको छ । बालुवाटार बैठकमा यादव अनुपस्थित भएपनि यादवको निवासमा विहिबार विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी भएर तीन नेताको भने झण्डै दुई घण्टा छलफल भएको थियो ।
कांग्रेस सहभागी नभइ बसेको उक्त बैठकलाई अर्थपूर्ण मानिएको छ।
















परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया