बंगलादेशविरुद्ध २-१ गोलले नेपाल विजयी
मेरोन्यूज
२०७८ भदौ २४ गते २०:०३

काठमाडौँ । नेपाली महिला फुटबल टिम बंगलादेशविरुद्ध खेलमा २–१ गोल अन्तरले विजयी भएको छ । काठमाडौँस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले २–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमै २-० गोल अन्तरले अग्रता लिएको नेपाली टिमबाट सविता राना र प्रीति राईले एक–एक गोल गरेका थिए । दुवै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमा गोल गरेका हुन् ।
खेलको ८३ औँ मिनेटमा बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।
नेपालले एएफसी महिला एशियन कप २०२२ छनोटका लागि तयारी गर्न बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ ।
सम्बन्धित









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया