बंगलादेशविरुद्ध २-१ गोलले नेपाल विजयी
मेरोन्यूज
२०७८ भदौ २४ गते २०:०३

काठमाडौँ । नेपाली महिला फुटबल टिम बंगलादेशविरुद्ध खेलमा २–१ गोल अन्तरले विजयी भएको छ । काठमाडौँस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले २–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमै २-० गोल अन्तरले अग्रता लिएको नेपाली टिमबाट सविता राना र प्रीति राईले एक–एक गोल गरेका थिए । दुवै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमा गोल गरेका हुन् ।
खेलको ८३ औँ मिनेटमा बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।
नेपालले एएफसी महिला एशियन कप २०२२ छनोटका लागि तयारी गर्न बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ ।
सम्बन्धित


















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
बाँकेमा एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया