जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संघ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले वातावरणीय एवं जलवायु परिवर्तनका कारणको तथ्य पहिल्याएर समाधानको उपायसमेत खोजिनुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालयअन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताइन् ।
देशको तराई बेल्ट आर्थात् विशेष गरेर प्रदेश नं २ का नागरिकले धेरैभन्दा धेरै डुबानको समस्या लिएर आउने गरेको उल्लेख गर्दै उनले भनिन्, “तराईमा हुने डुबानको कारण पहाडको भूक्षय हो । पहाडको भूक्षयबारे अनुसन्धान गर्नुपर्छ, त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्नुपर्छ ।”
मन्त्री भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा जोडदिँदै कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने बताइन् । उनले आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिइन् ।
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले आफ्नो कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले केन्द्रले गरेका अनुसन्धानका क्षेत्र र सोसँग सम्बन्धित जटिलताबारे जानकारी गराएका थिए ।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया