१६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट पेश

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरी संशोधित बजेट पेश गरेको छ ।
बजेट अध्यादेशले ल्याएको बजेट परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधेयक प्रस्तुत गरेका हुन् ।
बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाइएको छ ।
कुल बजेट मध्ये संघीय सरकारको चालु खर्चतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात् कुल बजेटको ४१ दशमलब ५२ प्रतिशत बिनियोजन गरिएको छ । पूँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् २३ दशमलब १६ प्रतिशत छुट्याइएको छ।
त्यस्तै, वित्तीय व्यवथापन तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् ११ दशमलब ६० प्रतिशत बिनियोजन गरिएको छ ।
प्रदेश र स्थानीय तहमा बित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् २३ दशमलब ७२ प्रतिशत छुट्याइएको छ।
सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान लगाएको छ ।
अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने
संशोधित बजेटमा सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जनाएको छ ।
शुक्रबार एमालेको अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिए ।
कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब
संधोधित बजेटमार्फत सरकराले भत्ता कटौती गर्दै सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत भत्ता कटौती गर्दै थप ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदका लागि विनियोजन गरेका छन् ।
यसैगरी, सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।
संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया