कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’

काठमाडौं । सरकारले कक्षा १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि सार्ने उल्लेख गरेको छ ।
यो कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गर्ने विधेयकका उल्लेख छ ।
विश्वविद्यालयहरुलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रको रुप्मा विकास गर्नुका साथै मुलुकको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनःनिर्माण गर्ने प्रबन्ध गरिने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।
साथै शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गर्ने पनि सरकारले घोषणा गरेको छ ।
याे पनि पढ्नुस्ः
देउवा सरकारले ल्याएकाे प्रतिस्थापन विधेयककाे पूर्णपाठ
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया