सोमबार, वैशाख १५, २०८२

एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री शर्मालाई भेटिन्

मेरोन्यूज २०७८ भदौ २६ गते १६:०४

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले शनिवार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भेट गरेकी छन् ।

अर्थमन्त्री शर्मा र सुमार नेतृत्वको एमसीसी प्रतिनिधि मण्डलबीच भएको भेटमा एमसीसी परियोजनाकाबारेमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच सन् २०१७ मा सम्पन्न मिलिनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताए ।

मन्त्रालयकाअनुसार सो अवसरमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् ।

चार दिने नेपाल भ्रमणमा आएको सुमार नेतृत्वको एमसीसी प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिसकेको छ ।

टोलीले एमसीसी संसदबाट छिटो अनुमोदन गराउन दबाब दिँदै आएको छ । राजनीतिक दलका नेताहरुले भने राजनीतिक स्तरमा छलफल भइरहेको बताए पनि भेटका क्रममा एमसीसी अस्वीकार गर्नेबारेमा मुख खोल्न सकेका छैनन् ।

प्रतिक्रिया